×
यसै महिना साढे ४ करोड बढीको आईपीओ खुल्दै, कति दिने आवेदन ?



यसै महिना साढे ४ करोड बढीको आईपीओ खुल्दै, कति दिने आवेदन ?

रुरु जलविद्युत परियोजना लिमिटेडले चैत २० गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी १२० रुपैयाँमा आईपीओ खोल्न लागेको जानकारी दिएको छ ।

कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयर खरिदका लागि चैत २४ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा बैशाख ३ गतेसम्म म्याद थप गरिनेछ। सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।

फागुन ७ गतेबाट आयोजना प्रभावित क्षेत्रका लागि ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो ।

स्थानीय बासिन्दा र सर्वसाधारणको लागि कुल यस परियोजनाले आठ करोड १५ लाख ४१ हजार एक सय रुपैयाँ बराबरको शेयर बिक्री गर्न लागेको हो ।

कति दिने आवेदन ?

पछिल्लो समय आईपीओ भर्नेहरुको संख्या १८ लाख भन्दा बढी पुग्ने भएको कारण आईपीओ पर्ने सम्भावना निकै कम हुन्छ । त्यसकारण १० कित्ता नै शेयर भर्न उचित हुने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस