×
नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा , बोनस र नगतकति ?



नेपाल इन्स्योरेन्सले  ७३औ  वार्षिक साधारण सभाबोलाएको छ।

उक्त कम्पनीको सञ्चालक समितिकी मिति २०७७/१२/०५ गते बसेको बैंठक नं १४-०७७/०७८ को निर्णयानुसार कम्पनीको ७२ औै वार्षिक साधारण सभा एयरपोर्ट होटल, सिनामङ्गल, काठमाडौंमा , मिति २०७७/१२/२७ गते शुक्रवार बिहानको ११:०० वजे देखि सुरु गर्ने कम्पनीले जनाएको छ।

कम्पनीको आव ०७६|०७७ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रू १,१५,०३,१३,४८६ को ८ प्रतिशतका दरले हुने रू ९,२०,२५,०७९( रू नौ करोड बीस लाख पच्चिस हजार उनासी मात्र) बराबरको वोनस शेयर जारी गर्ने विशेष प्रस्ताव उक्त साधारण सभामा पेश गरिएको हुँदा उक्त वोनस शेयरमा लाग्ने कर सहित चुक्ता पुजौँको २ प्रतिशतले हुने रू २,३०,०६,२७०।- (अक्षरूपी रू दुई करोड तीस लाख छ हजार दुई सय सत्तरी मात्र) नगद लाभंश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

उक्त सभामा कम्पनीले सञ्चालक समितिका तर्फबाट पेश हुने आ.व. ०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ह्बेको छ , साथै आव. ०७६/०७७ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरू उपर समेत छलफल गरी पारित गर्ने छ ।

कम्पनीको ७२औौ वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०७७/१२/१७ गते देखि २०७७/१२/२७ गते सम्म कम्पनीको शेयरधनी दर्ता किताब बन्द रहनेछ । साधै, नेपाल स्टक एक्सधेन्ज लिमिटेडमा मिति २०७७/१२/१६ गते सम्म कारोवार भई प्रचलित कानून बमोजिम यस कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौमा प्राप्त शेयर नामसारी लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले मात्र उक्त सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।

शेयरधनी सभामा भाग लिन जादा परिचय दिने आधिकारिक परिचयपत्र तथा साधारणसभा प्रयोजनार्थ जारी प्रवेश पत्र वा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा शेयर प्रमाणपत्रको प्रतिलिपि/हितग्राही खाता नम्बर लिएर जानुपर्ने कम्पनीले बताएको हो ।

सभामा भाग लिने प्रत्येक शैयरधनी महानुभावले सभा हुने स्थानमा उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्नेछ भने हाजिरी पुस्तिका बिहानको १०.०० बजे देखि खुल्ला रहनेछ ।

नाबालक शेयरधनीहरूको तर्फबाट संरक्षकले सभामा भाग लिन, छलफल गर्न, प्रतिनिधि नियुक्त गर्न र मत दिन समेत सक्नेछन्‌ । शेयरधनीको दर्ता किताबमा संरक्षकको रूपमा नाम लेखिएको व्यक्तिलाई मात्र संरक्षक मानिने कम्पनीले बताएको छ ।

कम्पनीले प्रकासन गरेको सुचना यसप्राकार छ ;

1616109439 2 नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा , बोनस र नगतकति ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस