×
Lagani
Lagani Shiksha gif
खुशीको खबर : १ अर्ब ५ करोडको आइपियो निस्कासन हुदै , कहिले होला निस्कासन ?



साहस उर्जाले प्रभावित र सर्वसाधारणका लागि आइपियो निस्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनी प्रभावित र सर्वसाधारणलाई गरेर १ अर्ब ५ करोड रुपैयाँको प्राथमिक सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।

Lagani Shiksha gif
sharehubapk खुशीको खबर : १ अर्ब ५ करोडको आइपियो निस्कासन हुदै , कहिले होला निस्कासन ?

कम्पनीले सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना ८६ मेगावाटको निमार्ण गरिरहेको छ । परियोजनको काम ५७ प्रतिशत भन्दा बढी सम्पन्न भएको कम्पनीले जनाएको छ ।सेबोनको पाइपलाइनमा रहेको यो कम्पनीको छिटै निस्कासन हुने संकेत देखिन्छ। सो कम्पनीले ८६ मेगावाटको सोलुखोला (दुधकोशी) जलविद्युत् आयोजना निर्माणमा लगानी जुटाउन आईपीओ निष्कासन गर्न लागेको हो ।सो आयोजनाको लागत ११ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ ।

कम्पनीले इक्रा नेपालबाट बी प्लस आईपीओ रेटिङ पाएको छ । यो रेटिङलाई औसत मानिन्छ । अहिले आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत रहेको कम्पनीले जनाएको छ । भौतिक प्रगति ५० प्रतिशत पूरा भएपछि मात्रै आईपीओ निष्कासन गर्न पाइने व्यवस्था अनुसार यो प्रगति हासिल भएपछि कम्पनी आईपीओ प्रक्रियामा अघि बढेको हो ।

कम्पनीले सर्बसाधारणलाइ प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन पेस गरेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन ) ले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन )ले पाइपलाइनमा रहेका सबै कम्पनीलाई एक एक गरि सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने अनुमति दिदै आएको छ।

यो पनि पढ्नुहोस :

आज भोलि लगानीकर्ताको ध्यानाकर्सन बनेको आइपियोमा आवेदन दिने करिब १५ -१६ लाख पुगेसकेका छन्।  छोटो समयमा फाइदा हुने भएपछी धेरै आम मानिसहरुको रोजाई बनेको छ।  लगानीकर्ता बढे संगै धेरै कम्पनीले धामाधम आइपियो जारि गरिरहेका छन्।  सिंगटी हाइड्रो इनर्जी लिमिटेडले पनि सुक्रबार  आइपियो जारि गर्ने भएको छ। सिंगटी हाइड्रोले भोलि आइपियो निस्कासन गर्ने भएको हो।

भोलि शुक्रवार सिंगटी हाइड्रोले आईपीओ जारी गर्दैछ । सिंगटी हाइड्रोलाई नेपाल धितोपत्र बोर्डले ४३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो । कम्पनीले चैत ६ गते शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेको थियो ।

पहिलो चरणमा सोमबार स्थानीयका लागि निस्कासन तथा बिक्रि गरेकोआइपियो  को बाँडफाँड भए लगतै कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि IPO निष्कासन गर्न लागेको हो । सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ४३ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो ।सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत ६ ( सुक्रबार ) गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (IPO ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेकाे थियाे ।

कम्पनीले निस्कासन गर्ने ४३ लाख ५० हजार कित्ता आईपीओ मध्ये स्थानीयका लागि १४ लाख ५० हजार कित्ता निस्कासन गरि बिक्रि गरेर बाडफाड सम्पन्न भएकोले बाँकी रहेको २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ आम सर्बसाधारणको निष्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारी छ ।

सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि जारी गरेको प्राथमिक शेयर बाँडफाँडमा १० देखि ४९० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको थियो भने ५०० कित्ता भन्दा बढी माग गर्नेलाइ गोलाप्रथाबाट २९९ जनालाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको थियो ।रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको शेयरलाई ग्रेड ४ रेटिङ दिएको छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल लिमिटेले गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस