×
ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा , नगद र बोनस लाभांश यति।



ग्रीन डेभलपमेन्ट बैंक लि. ले आठौं वार्षिक साधारण सभा बोलाएको छ।

बैंकको मिति २०७७/११/२८ गते बसेको सञ्चालक समितिको १५६ औँ बैठकको निर्णय अनुसार बैंकको आठौँ वार्षिक साधारण सभा २०७७ साल चैत्र २८ गते, शनिबार (तदनुसार १० अप्रील, २०२१) ,बिहान ११:०० बजे , र होटल वाराही, लेकसाईड, पोखरामा हुने भएको छ। उक्त सभामा आ.व २०७६%७७ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने बैंकले जनाएको छ ।

उक्त लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात तथा आ.व २०७६/७७ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण तथा अनुसूचीहरु माथि छलफल गरी पारित गरिने छ ।

उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७६॥७७ को मुनाफा तथा संचित मुनाफा रकम समेतबाट बैंकको हाल कायम चुक्ता पूँजी रु.५०,००,००,०००।- (अक्षरेपी पचास करोड रुपैयाँ मात्र) को ०.२० प्रतिशतले हुन आउने नगद लाभाँश र.१०,००,०००।- (अक्षरेपी दश लाख रुपैयाँ मात्र) लाभाँशमा लाग्ने कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव उपर छलफल गरि पारित गरिने छ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७६।७७ सम्मको मुनाफा तथा शेयर प्रिमियमबाट हाल कायम चुक्ता पूँजी .५०,००,००,०००।- (अक्षरेपी पचास करोड रुपैयाँ मात्र) को ३.८ प्रतिशतका दरले हुन आउने रकम रु.१,९०,००,००० – (अक्षरेपी एक करोड नब्बे लाख रुपैयाँ मात्र |) बोनस शेयर वितरण गर्ने प्रस्ताव उपर छलफल गरि पारित गर्ने र सोही बमोजिम डेभलपमेन्ट बैंकको प्रवन्धपत्रमा बैंकको जारी तथा चुक्ता पूँजी वृद्धी गर्ने आवश्यक संसोधन प्रस्ताव पारित गरिने भएको छ ।

साथै उक्त साधारण सभामा लेखापरीक्षण समितिको सिफारिश बमोजिम आ.व २०७७/७८ का लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने पनि बैंकले जनाएको छ।

बैंकले आर्थिक अभियानमा अभियानमा प्रकासन गरेको सूचना यस प्रकार छ।

1615849682 3 ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा , नगद र बोनस लाभांश यति।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस