आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको नाउँमा रहेको साधारण शेयर हितग्राही खातामा जम्मागर्नको लागि हितग्राही खाता नम्बर उपलब्ध नभएका तथा हितग्राही खाता नम्बर नमिली फिर्ता भएका शेयरधनीहरुलाइ चन्द्रागिरि हिल्सले हितग्राही खाता नम्बर उपलब्ध गराउन अनुरोध गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि निष्कासन गरेको साधारण शेयर बाँडफाँट भई सम्बन्धित हितग्राहीहरुको खातामा हितग्राही खाता नम्बर हुबहु मिलेको हदसम्म जम्मा भइसकेको कम्पनीले जनाएको छ हितग्राही खाता नम्बर उपलब्ध नभएका तथा हितग्राही खाता नम्बर नमिली फिर्ता भएका शेयरधनीहरुको शेयर हितग्राही खातामा शेयर जम्मा नभएको शेयर राजष्टार ग्लोबलआइएमई क्यापीटलले जनाएको छ।
हितग्राही खातामा शेयर जम्मा गर्नका लागि हितग्राही खाता नम्बर आवश्यक परेको हुँदा चन्द्रागिरि हिल्स लि. वा शेयर राजष्ट्रार ग्लोबल आइएमई क्यापीटल लि.मा इमेल आईड [email protected] वा [email protected] मार्फत हितग्राही खाता नं. सम्बन्धी विवरण उपलव्ध गराउनशेयर राजष्टार ग्लोबलआइएमई क्यापीटलले अनुरोध गरेको हो । हालसम्म हितग्राही खातामा शेयर जम्मा भइ नसकेका शेयरधनीहरुको सूची कम्पनीको वेभसाइट: www.chandragirihills.com तथा शेयर राजष्टार ग्लोबलआइएमई क्यापीटल लि. को वेभसाइट: www.globalimecapital.com मा राखिएको हुँदा उक्त विवरण हेर्न मिल्ने शेयर राजष्टार ग्लोबलआइएमई क्यापीटलले बताएको छ।
कम्पनीले सर्वसाधारणका लागि भने १३ लाख ९६ हजार २२ कित्ता आइपीओ निश्कासन गरेको थियो । आईपीओमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये ३९ हजार ८९५ जनाको आवेदन बदर भएको थियो।
यस आधारमा १ लाख ३९ हजार ६०० जना आवेदकले १० कित्ताका दरले र २ भाग्यमानीले ११ कित्ताको दरले सेयर पाएका थिए ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो।
कम्पनीले १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो । कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको थियो भने ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणको लागि छुत्ताइएको थियो ।














