×
आज बजार घट्दा सबै भन्दा बढी बढ्ने १० कम्पनीमा निफ्रा , कति पुग्यो मूल्य ?



साताको पहिलो कारोबारको दिन आइतबार ५१ अंकले घटेको नेप्से परिसूचक दोस्रो दिन सोमबार १८ अंकले घटेर २३८९.१९ अंकमा पुगेको छ ।

आज कारोबारमा आएका २१२ कम्पनि मध्य १३० कम्पनीको सेयर मूल्य घटेको छ भने ६३ कम्पनीको शेयर मूल्य बढ्न सकेको छ त्यसैगरी १९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।आजमात्रै ४ अर्ब २४ करोड ८ लाख २४ हजार ६६ रुपैयाँमा ९६ लाख ४ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ । सुरुमा सामान्य रुपमा घटेघटेर बढ्न लागेको बाजार सझासम्मा राताम्मे नै बनेको छ।

Screenshot 2021 03 15 175703 आज बजार घट्दा सबै भन्दा बढी बढ्ने १० कम्पनीमा निफ्रा , कति पुग्यो मूल्य ?

नेप्से  घट्दा पनि उपसमूहतर्फ होटल तथा पर्यटनको उपसमूह ३.६९ प्रतिशत, ट्रेडइंग उपसमूह १.४८ प्रतिशत ले बढ्न सफल भएको छ।आज सबैभन्दा बढी अंकले बढ्ने १० कम्पनीमा निफ्रा पनि परेको छ। बैंकको शेयर मूल्य आज २. ६८प्रतिसत आर्थत १४ प्रतिसतले बढेको छ।

हिजो ५२३ मा कारोबार बन्द भएको निफ्राकोमूल्य आज २.६८ प्रतिसतले बढेको हो। आज ५४८ मा कारोबार सुरु भएको निफ्राको मूल्य बढीमा ५५७ र कम्तिमा ५२७ मा कारोबार भएको थियो। निफ्राले अन्तरास्ट्रीय स्थरमा बोन्ड जारि गर्ने भएको खबर आएपछि निफ्राको शेयरमा सकारात्मक सर्किट लागेको हो।Screenshot 2021 03 15 173336 आज बजार घट्दा सबै भन्दा बढी बढ्ने १० कम्पनीमा निफ्रा , कति पुग्यो मूल्य ?

आजको दिनमा सबैभन्दा बढी कमाउने कम्पनीमा चन्द्रागिरि हिल्स , घलेम्दी हाइड्रो ,पञ्चकन्या माइ हाइड्रो आँखुखोला जलविद्युत कम्पनी , महुली सामूदायिक लघुवित्त , नेपाल हाइड्रो दिव्लोपर्स , युनियन हाइड्रो, जोशी हाइड्रोपावर , हिमाल दोलखा हाइड्रोपवार र निफ्रा रहेको छ।Screenshot 2021 03 15 173409 आज बजार घट्दा सबै भन्दा बढी बढ्ने १० कम्पनीमा निफ्रा , कति पुग्यो मूल्य ?

आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक ४३ करोड ६२ लाख रुपैयाँ , अपर तामाकोसी२९ करोड ८३ लाख, नबिल बैंक १८ करोड ७१ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी१२ करोड ९० लाख र एनआइसी एसिया बैंक १२ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Screenshot 2021 03 15 175528 आज बजार घट्दा सबै भन्दा बढी बढ्ने १० कम्पनीमा निफ्रा , कति पुग्यो मूल्य ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस