महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएकाे छ ।
संस्थाकाे उक्त शेयर काराेबार गर्नका MLBSL संकेत प्रदान गरिएको छ । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३१३ रूपैयाँ १६ पैसादेखि अधिकतम ९३९ रुपैयाँ ४८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
आज मिति २०७७/१२/०२ का दिन नेपाल स्टक एक्सचेन्ज लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड को १०,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारण समक्ष नेपाल एसाबआइ मर्चेण्ट बैंकिङ लिमिटेड मार्फत् ४,००,००० कित्ता साधारण शेयर सर्वसाधारणको लाग खुल्ला बिक्री आव्हान गरेको धियो । कम्पनीका संस्थापकहरुले लगानी गरेको ६,००,००० कित्ता शेयर समेत गरी जम्मा १०,००,००० कित्ता साधारण शेयर बितरण भई धितोपत्र सु
चिकरण विनियमावली, २०७५ बमोजिम मिति २०७७/१२/०१ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएकोछ।
पुनश्च : मिति २०७७ १२/०२ मा नेपाल स्टक एक्सचेन्ज लिमिटेड र लघुवित्त बीच धितोपत्र सुचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेप्सेमा लघुवित्तको धितोपत्रको दोस्रो बजारको कारोबार शुरु हनेछ ।
कम्पनीले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे कम्पनीको उक्त शेयरमा १५ लाख ४० हजार ४८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन परेको थियो ।
माग भन्दा धेरै आवेदन परेकाे हुनाले ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा १० कित्ताको दरले बाडफाड गरेको थियो भने बाँकी १५ लाख २ हजार ५ सय ४८ जनालाइ निरास बनाएको थियो।महिला लघुवित्तले आइपिओ निष्काशन तथा बिक्री गर्नका लागि मंसिर ३ गते, सेबोनमा निवेदन पेश गरेकोमा नेपाल धितोपत्र बोर्डले माघ १० गते संस्थालाई अंकित मूल्य १०० को ४ लाख कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो ।
यो पनि पढ्नुहोस :
नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले संस्थापक तथा सर्वसाधारण समूहको अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ।
नारायणी डेभलपमेण्ट बैंक लिमिटेडको हकप्रद शेयर मिति २०७७/१०/१३ गतेका दिन देखि २०७७/११/०३ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक समूहतर्फ १३,४७४ कित्ता र सर्वसाधारण समूहतर्फ ६,४८३ कित्ता (२ : १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्दा बाँकी रहेको ११६ कित्ता क्षेर समेत) शेयरको लागि आवेदन नपरेकाले नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशन, २०७७ तथा धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन नं. १५ मा उल्लेखित प्रावधानको अधिनमा रही उक्त शेयरहरु लिलाम बढाबढ गरी बिक्री गर्न बैंकको संचालक समितिको निर्णयानुसार संस्थापक समूहतर्फको शेयर खरीद गर्न विद्यमान संस्थापक र सर्वसाधारण समूहतर्फको शेयर खरीद गर्न ईच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले मिति २०७७ साल चैत्र १० गतेभित्र देहाय बमोजिमको स्थानहरुमा आइपुग्ने गरी प्रति कित्ता कै कति दर रेटमा लिन कबुल गर्ने हो सौ समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्न हुन अनुरोध गरेको छ ।
बैंकले बोलपत्र बात संस्थापक शेयर १५,९७४ कित्ता र सर्बसाधारण शेयर ६,४८३ कित्ता गरि जम्मा २२,६१७ कित्ता शेयर लिमाम गरि बिक्रि गर्न लागेको हो। बैंकले शिलवन्दी बोलपत्र पेश गर्ने मिति :२०७७/१२/०३ देखि २०७७/१२/१० गते बैकिङ समयसम्म तोकेको छ। उक्त शेयरको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापीटल लि. रहेको छ .














