×
Lagani
Lagani Shiksha gif
आज नेप्सेमा ५१ अङ्कको गिरावट, तामाकोशीको शेयरमा लगानीकर्ताको आकर्षण



धितोपत्र बजारमा शेयर कारावार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ ।

लगातार ओरालो लागेको नेप्सेमा देखिएको गिरावटले नेप्से पुनः दुई हजार ४०० को विन्दुमा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५१.२३ ले ओरालो लागेर दुई हजार ४०७.२५ मा झरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.१० ले घटेर ४३५.१३ मा झरेको छ । कूल २११ कम्पनीको ९९ लाख तीन हजार ७०४ कित्ता शेयर रु चार अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ बराबरको कारोवार भएको छ । आइतबारको कारोवारपछि बार पूँजीकरण रु ३३ खर्ब १६ अर्ब ८८ करोड ४९ लाख २० हजार बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूह भने ओरालो लागेको छ ।

होटेल तथा पर्यटन ६१.१२ र जलविद्युत् ४७.८२ ले वृद्धि हुँदा बैंकिङ ३२.३३, व्यापार २१३.१६, विकास बैंक ३७.८४, वित्त १८.८९, निर्जीवन बीमा ३७४.५३, उत्पादन ९६.३४, अन्य ९६.३६, लघुवित्त ९०.६८, जीवन बीमा ४५३.९, सामूहिक लगानी कोष ०.२ र लगानी २.५६ विन्दुले घटेको छ । कारोवारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु ४४ करोड ५६ लाख १५ हजार ७१३ बराबरको कारोवार भयो । कूल ४५६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको समाचार सार्वजनिक भएपछि लगानीकर्ताको चासोमा सो कम्पनी परेको हो ।

यस्तै, नेपाल पूर्वाधार बैंक रु २७ करोड ५६ लाख ६८ हजार ५१८, नबिल बैंक रु २० करोड ६६ लाख ८७ हजार ३७, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु १९ करोड ६७ लाख ९४ हजार ४००, ग्लोबल आइएमई बैंक रु १६ करोड ११ लाख चार हजार ४८६, अरुण भ्याली हाइड्रोपावर रु १२ करोड ६२ लाख ६६ हजार, नेपाल दूरसञ्चार कम्पनी रु ११ करोड ९८ लाख २२ हजार १२६, एनआइसी एसिया बैंक रु ११ करोड ६० लाख ११ हजार ५०९ र नेपाल पुनरबीमा कम्पनी रु ११ करोड ३८ लाख ५८ हजार ४८६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा चन्द्रागिरि हिल्स ९.९५, माथिल्लो तामाकोशी ९.८९, पञ्चकन्या माई हाइड्रोपावर ९.७४, घलेम्दी हाइड्रो ९.७२, रैराङ हाइड्रोपावर ९.०४, माउन्टेन इनर्जी ५.९४, नेपाल इन्भेस्टमेन्ट बैंक ४.२१, माहुली सामुदायिक लघुवित्त २.६१ र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले २.२० प्रतिशतले कमाए । यस्तै, हिमालयन पावर पार्टनर ९.८६, नेपाल हाइड्रो डेभलपर ७.९५, नेपाल दूरसञ्चार कम्पनी ६.५६, शिखर इन्सुरेन्स ६.५५, नेपाल इन्सुरेन्स ६.०८, नारायणी डेभलपमेन्ट बैंक ५.८१, साल्ट टे«डिङ कर्पोरेशन ५.७७ र स्वावलम्बन लघुवित्तका लगानीकर्ताले ५.२९ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस