×
खुशीको खबर : लन्डन स्टकमा बोन्ड जारी गर्दै निफ्रा



आजको बजार मूल्य ५२३ रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा सबैको ध्यान रहेको छ। लगातार बढेर ७२६ पुगेर घट्न लागेको निफ्राको मूल्य हाल भने तल माथि हुदै आएको छ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने गरी बैंकले ३० मिलियन डलर बराबरको बन्ड जारी गर्ने जानकारी दिइएको छ।बोन्डका लागि नेपाल राष्ट्र बैंकबाट बैंकले स्वीकृति पाइसकेको छ ।सो बोन्डबाट लगानीकर्ताले ८.५ प्रतिशतको प्रतिफल पाउने छन् । उक्त बोण्ड लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्यापिङ’ गरि जारी हुने भएको छ।

पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गर्ने निफ्राको तयारि रहेको छ। निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले “यो दीर्घकालिन प्रकृतिका पुर्वाधारमा लगानी गर्ने बैंक हो, एकै पटक धेरै होइन, दीर्घकालसम्म उचित प्रतिफल दिन्छौं,” भनेका छन्।नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को ‘आर्थिक संवाद’ कार्यक्रममा उनले अहिले पनि करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको तर त्यस सम्बन्धी प्रक्रिया भने अघि नबढेको बताए ।

यो पनि पढ्नुहोस :

आजदेखि सनराइज क्यापिटलले सनराइज म्युचुअल फण्डको बन्दमुखी योजना अन्तर्गत सनराइज ब्लूचिप फण्डको सार्बजनिक निष्काशन तथा बिक्री खुला गरेको छ।क्यापिटलले सनराइज ब्लूचिप फण्डको प्रति इकाई मूल्य रु. १०/- दरको १०,००,००,००० (दश करोड) इकाई मध्ये न्यूनत्तम १,५०,००,००० (एक करोड पचास लाख) वा कूल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रबर्द्धक श्री सनराइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८,५०,००,००० (आठ करोड पचास लाख) इकाई आज मिति २०७७ चैत्र १ गते आइतबारदेखि सर्वसाधारणहरुम निष्काशन तथा बिक्री खुल्ला गरेको हो । लगानीकर्ताले यस इकाई निष्काशन प्रयोजनका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु साथै मेरो शेयर खाता मार्फत आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले उक्त निस्कासनमा न्यूनतम इकाई सङ्ख्या एक सय र अधिकतम इकाई सङ्ख्या एक करोड कित्ता आवेदन दिन सक्ने छन्। लगानीकर्ताले उक्त आवेदनसाथ रु. १० /- प्रति इकाईका दरले भूत्तानी गर्नुपर्ने छ। उक्त इकाई बिक्री छिटोमा २०७७/१२/०४ बैकिङ्ग समव पश्चात्‌ र ढिलोमा २०७७/१२/१६ दैकिङ्ग समय पश्चात् बन्द हुने छ।

लगानीकर्ताले धितोपत्र सार्वजनिक निष्काशनमा लिखित वा विद्युतिय माध्यमबाट आवेदन दिँदा लगानीमा जोखिम हुन सक्ने भएकोले अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरेको विवरण पत्र पढी आफनो स्वः विवेकले दरखास्त दिनको लागि क्यापितालले जनाएको छ । यस निष्काशन सम्बन्धी विस्तृत जानकारीको लागि मिति २0७६ फाल्गुन १४ गतेको “नयाँपत्रिका दैनिकमा प्रकाशित आव्हान पत्र वा सन्राइज क्यापिटल लिमिटेडको वेवसाइटमा हेर्न सकिने छ ।

 

कम्पनीले प्राकासन गरेको सुचना यसप्रकार छ।

1615676893 2 खुशीको खबर : लन्डन स्टकमा बोन्ड जारी गर्दै निफ्रा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस