×
Lagani
Lagani Shiksha gif
महिला लघुवित्त र ग्रीनलाइफकाे शेयर आइतबारदेखि कारोबारमा आउन सक्ने



ग्रीनलाइफ हाइड्रोपावर र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रबारभित्र सूचीकरण गर्ने प्रकृया अन्तिम चरणमा पुगेकाे छ। दुई वटै कम्पनीको शुक्रबार आईपीओ सूचीकरण भए आइतबारदेखि कारोबार संचालन हुने भएको हो । नेप्सेले शेयर सूचीकरणको लागि दुबै कम्पनीको आवश्यक सबै कागजातहरु प्राप्त भइसकेको जनाएको छ। त्यस अनुसार शुक्रबार शेयर सूचीकृत भएमा आउने आइतबारदेखि दुबै कम्पनीको शेयर कारोबारमा खुल्नेछ।बुधबारसम्म दुई वटै कम्पनीको आईपीओ सूचीकरणको प्रकृया अन्तिम चरणमा पुगेको नेप्सेले जनाएको छ ।

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेड

Lagani Shiksha gif
sharehubapk महिला लघुवित्त र ग्रीनलाइफकाे शेयर आइतबारदेखि कारोबारमा आउन सक्ने

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २३ गते रदेखि माघ २७ गतेउक्त सम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । उक्त आइपियोमा बढी आवेदन परेको हुदा गोलाप्रथा बाट सर्बसाधारणलाइ १० कित्ता बाडफाड गरिएको थियो।

जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएकाे थियाे ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आइपियो ) यसै साता भित्रमा नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत हुने भएकाे छ ।लघुवित्तले शेयर रजिष्टारको रुपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाइ नियुक्त गरेको छ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर दाखिल खारेज, नामसारी लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरू गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई शेयर रजिष्ट्रारको रूपमा नियुक्त गरिएको हो।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले केही समयअघि मात्र सर्बसाधारणको लागि धितोपत्र निस्कासन तथा बिक्रि गरेको थियो।लघुवित्तको सेयर नेप्सेमा सूचीकृत हुनभने अझै बाँकी छ । नेप्सेमा सुचिकृत भएपछी दोस्रो बजारमा कारोबार हुने छ।नेप्सेले कुनै पनि कम्पनीको ओपनिङ्ग रेञ्ज नेटवर्थको तीन गुणासम्म ताेक्ने भएकाले लघुवित्तको ओपनिङ्ग रेञ्ज नतम ३१३ रूपैयाँ १६ पैसादेखि अधिकतम ९३९ रुपैयाँ ४८ पैसा हुने सम्भावना रहेको छ।

कम्पनीले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे कम्पनीको उक्त शेयरमा १५ लाख ४० हजार ४८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन परेको थियो ।

माग भन्दा धेरै आवेदन परेकाे हुनाले ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा १० कित्ताको दरले बाडफाड गरेको थियो भने बाँकी १५ लाख २ हजार ५ सय ४८ जनालाइ निरास बनाएको थियो।महिला लघुवित्तले आइपिओ निष्काशन तथा बिक्री गर्नका लागि मंसिर ३ गते, सेबोनमा निवेदन पेश गरेकोमा नेपाल धितोपत्र बोर्डले माघ १० गते संस्थालाई अंकित मूल्य १०० को ४ लाख कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस