ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ ।उक्त आइपीओमा ३ अर्ब ३४ करोड ६७ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार मंगलबार साँझ ४ः४७ बजेसम्ममा १५ लाख ७० हजार ४१४ जनाले ३ करोड ३४ लाख ६७ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । जुन सर्वसाधारको लागि बिक्री खुला गरिएको भन्दा ५.६३ गुणा बढी आवेदन हो ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त आइपियोको निस्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ।कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ सर्भासाधरणमा जारी गर्न लागेको हो। कम्पनीले फागुन २३ गते देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भने पनि सिडिएससी एण्ड क्लियरिङ हाउसले आइतबारदेखि प्राथमिक शेयर निष्काशन गर्दा लोड व्यवस्थापनमा समस्या देखिएकाले दुई दिन अगाडी नै बिक्रि खुला गर्न कम्पनीलाई निर्देशन दिएको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाेमा धितोपत्र बोर्डले फागुन ७ गते, शुक्रबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे थियाे।
हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ आइपिओ निष्कासनपश्चात कम्पनीकाे पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
यो पनि पढ्नुहोस :
मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १०० अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता भएको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले दुई चरणमा आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा आयोना प्रभावित स्थानीय र दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले १०० अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता भएको आईपीओ निष्कासन गर्न लागेको हो। कुल कित्तामध्ये कम्पनीले ८ लाख २ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको छ।
आईपीओ निष्कासनका लागि कम्पनीले सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले एक समारोहका बीच हस्ताक्षर गरेका हुन् ।
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ७ मेगावाट क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट मिति २०७४ चैत १२ गतेदेखि ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ । कम्पनीको ११औं बार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पुँजी बृद्धि गरी १ अर्ब र जारी पुँजी बृद्धि गरी ८० करोड पच्चीस लाख कायम गर्ने निर्णय गरेको थियो। उक्त निर्णय पश्चात शेयर संरचना अन्तर्गत जारी पुँजीमा ५६ प्रतिशत संस्थापक शेयर र ४४ प्रतिशत सर्वसाधारण शेयरको सार्वजनिक निष्काशनबाट पुँजी कायम हुनेछ ।
यो आईपीओ छिटै निष्कासन हुने कम्पनीले जनाएको छ।











