ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते देखिनिष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आइपिओ) भर्ने अन्तिम दिन भोलि रहेको छ। माग भन्दा बढी आवेदन परेको हुनाले भोलि नै बिक्रि बन्द हुने छ। सीडीएसका अनुसार सोमबार साँझ ५ बजेसम्ममा १३ लाख ७६ हजार ७६१ जनाले २ करोड ९८ लाख ७७ हजार ५४० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको भन्दा ५.०२ गुणा बढी आवेदन हो ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त आइपियोको निस्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ।कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ सर्भासाधरणमा जारी गर्न लागेको हो। कम्पनीले फागुन २३ गते देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भने पनि सिडिएससी एण्ड क्लियरिङ हाउसले आइतबारदेखि प्राथमिक शेयर निष्काशन गर्दा लोड व्यवस्थापनमा समस्या देखिएकाले दुई दिन अगाडी नै बिक्रि खुला गर्न कम्पनीलाई निर्देशन दिएको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाेमा धितोपत्र बोर्डले फागुन ७ गते, शुक्रबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे थियाे।
हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ आइपिओ निष्कासनपश्चात कम्पनीकाे पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
यो पनि पढ्नुहोस :
केही दिनदेखी राताम्मे हुँदै आइरहेको नोपली शेयर बजारमा विहिबार भने उत्साह देखिएको छ । साताको कारोबार शुरू भएको दिनदेखी नै नेप्सेमा निराशा देखिएको थियो ।विहिबार नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ विन्दुमा अडिएको छ ।
आइतबार ६ अर्ब ५ करोड बढीको सेयर कारोबार भएको छ । जीवन बीमा तर्फको बढोत्तरी सबैभन्दा बढी छ । निर्जीवन बीमा, ट्रेडिङ समूहमा पनि आकर्षक बढोत्तरी छ ।सेयर बजार घटेको दिनमा पनि पछिल्ला केही दिनयता सेयर मूल्य बढिरहेको चन्द्रागिरी हिल्सले आज पनि सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य सर्किट ब्रेक लाग्ने गरी बढेको छ । चन्द्रागिरी सहित लिबर्टी इनर्जी कम्पनी र सूर्योदय लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य सर्किट लाग्ने गरी बढेको छ । चन्द्रागिरिको सेयर मूल्य ६ सय ५ रुपैयाँ कायम भएको छ ।
तर कारोबार रकममा सबैभन्दा बढी कारोबार हुनेमा पूर्वाधार बैंक (निफ्रा)नै रहेको छ । यसको ५३ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यता शिखर इन्स्योरेन्सका पनि बढी कारोबार भएको छ । दोस्रो बढी कारोबार भएको शिखरको २४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज नेप्सेका सबै समूहका परिसूचक उकालो लागेपछि सेयर बजारमा हरियाली छाएको छ । अन्य समूह, इन्भेष्टमेन्ट र म्यानुफ्याक्चरिङ एण्ड प्रडक्सन सेक्टरको परिसूचक क्रमशः ५.४४, ५.२६ र ५.०६ प्रतिशतले बढेको छ । जलविद्युत् समूहको परिसूचक ४.७८ प्रतिशतले बढेको छ ।













