×
खुशीको खबर : चैत १ गतेदेखि निस्कासन हुदै ग्लोबल आइएमई बैंकको ऋणपत्र



ग्लोबल आइएमई बैंकले चैत १ गतेदेखि ऋणपत्र निस्कासन तथा बिक्रि खुला गर्ने भएको छ । बैंकले ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्न लागेको हो । बैंकले 2077/05/29 गते सेबोनमा ऋणपत्र निस्कासन गर्न अनुमति माग्दै निवेदन दिएको थियो

दश वर्ष अवधि तथा वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको प्रति डिबेन्चर रु. १,००० अंकित मूल्यका ३० लाख कित्ताले हुन आउने रु. ३ अर्व बराबरको ऋणपत्र मध्ये १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व २० करोड ऋण पूँजी रकम (सो मध्ये ५५ अर्थात ६०,००० कित्ता डिवेन्चर सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारण नेपालीको लागि तथा १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व ८० करोड ऋण पूँजी व्यक्तिगत तवर बाट सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैंकले जनाएको छ।

यस बैंकको अधिकृत पूँजी रु २५,००,००,००,०००.—(अक्षरुपी पच्चिस अर्व रुपैया) रहेको छ । जसलाई प्रति शेयर रु.१०० दरले २५,००,००,००० (पच्चिस करोड) कित्ता साधारण शेयरमा विभाजन गरिएको छ ।यस बैंकको जारी पूँजी रु एककाईस अर्व त्रिसठ्ठी करोड पच्चिस लाख तिन हजार पैंतीस रुपैया रहेकोछ । यस बैंकको चुक्ता पूँजी रु. एककाईस अर्व त्रिसठ्ठी करोड पच्चिस लाख तिन हजार पैंतीस रुपैया रहेको छ ।

निष्काशन गरिने ऋणपत्र प्रचलित धितोपत्र निष्काशन निर्देशिका तथा प्रचलित धितोपत्र बाँडफाँड सम्बन्धी व्यवस्था अनुसार ऋणपत्रको बाँडफाँड गरी सूचिकरण भए पश्चात्स म्बन्धित ऋणपत्रवालाको हितग्राही खातामा जम्मा गरिने बैंकले जनाएको छ।

यो ऋणपत्रमा छिटोमा चैत ४ गते सम्म आवेदन दिन सकिनेछ ।यस ऋणपत्रको बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटलले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ ।775708fed3ee42247d88a2400cc1fcdb37d22eec page 001 scaled खुशीको खबर : चैत १ गतेदेखि निस्कासन हुदै ग्लोबल आइएमई बैंकको ऋणपत्र

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस