×
Lagani
Lagani Shiksha gif
लगानीको अवसर : ३५ करोड ३१ लाखको आईपीओ निष्कासन हुदै



मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीको अधिकृत पुँजी वृद्धि गरी १ अर्ब र जारी पुँजी वृद्धि गरी ८० करोड २५ लाख रुपैयाँ पुर्याउने निर्णय अनुसार कम्पनीले १०० अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता भएको आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आइपीओ निस्कासन गर्न सनराइज क्यापिटल लिमिटेललाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । कम्पनीले पहिलो चरणमा आयोना प्रभावित स्थानीय र दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

Lagani Shiksha gif

पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ८ लाख २ हजार ५०० कित्ता बिक्रि तथा निस्कासन गर्ने भएको छ । बाँकी शेयर दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ७ मे.वा. क्षमताको मोलुङ्गखोला जलविद्युत आयोजनाबाट विद्यृत उत्पादन सुरु गरी संचालन गरि रहेको छ । सेबोनको पाइपलाइनमा रहेकोले बोर्डबाट अनुमति पाए संगै आइपियो निस्कासन तथा बिक्रि गर्ने छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस