×
Lagani
Lagani Shiksha gif
४ बर्षदेखि अलपत्र छ भरतपुरको सडक , मेयर भन्छिन ठेकदारले भनेको मानेन



भरतपुर महानगर स्थित कचपचे चोक देखि धर्मचोक हुदै बेलचोक सम्मको सडक काम सुरु भएको ४ वर्ष सम्म पनि अलपत्र रहेको छ।

चितवन निर्बाचन क्षेत्र नम्बर तीनबाट संघिय संसदमा निर्बाचित पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा १८ करोड ६३ लख ७९ हजार ७ सय ८१ रुपैया बजेट विनियोजन गरि सुरु गरिएको  शहीद चोक–धर्मचोक हुदै  कचपचे चोक सम्मको सडक ठेकदारको लापरबाहीको कारण हाल सम्म पनि निर्माण हुन सकेको छैन।

Lagani Shiksha gif
sharehubapk ४ बर्षदेखि अलपत्र छ भरतपुरको सडक , मेयर भन्छिन ठेकदारले भनेको मानेन

महानगरीय रिंग रोड तथा लिंक रोडको प्याकेज नं २ अन्तर्गत सुरु गरिएको सो सडकको मर्मतको कार्य २०७७ आषाढ मसान्तभित्रै सक्नुपर्ने भए पनि कोरोना महामारीका कारण सरकारले नै ठेकेदारलाई २०७७ पुस मसान्तसम्म म्याद थप गरेको थियो । तर पनि ठेक्का पाएको कम्पनीले ढिलासुस्ती गरिदिँदा  सडकको मर्मत कार्य कहिले सकिने हो भन्ने अन्यौल छाएको छ ।

उता सडकको काममा ढिलासुस्ती हुदा स्थानीय बासि मर्कामा परेका छन। जुन सुकै निकएमा पुग्दा पनि आफ्नो समस्या सामाधान नभएको स्थानीयको गुनासो रहेको छ।  सोहि सडकको कारण दुर्घटना पनि बढेको र फोक्सोको रोग लागेर हाल सम्म २ जनाको मृत्यु पनि भएको स्थानीयले बताएका छन।

भरतपुर महानगरपालिकाकि मेयर रेणु दहालले भने ठेकदारलाई काम सक्न बारम्बार आग्रहगर्दा पनि ठेकदारले वेवास्था गरेको बताएकी छन्। माय्द माथि म्याद थप्दा पनि ठेक्का पाएको कम्पनीले काम नसक्दा कुनै निकायले पनि कारबाही गर्न सकेका छैनन। सहरी बिकास कार्यालय भरतपुरका साइट इन्जिनियर कमलमणी खतिवाडाले भने हामीले पत्र लेखेर छिटो काम सकिदीन आग्रह गरेको बताए।

अब केहि दिनमा काम सुरु नभएमा बाटो ब्लक गरि आन्दोलनमा उत्रिने सरस्वती टोल बिकास समितिकी अध्यक्ष इन्दिराकुमारी सडौला सापकोटाले बताइन। सोहि बाटोमा विद्यालय पनि पर्ने भएको कारण विद्यार्थीपनि मर्कामा परका छन। ग्र्याबलमात्र हालेको कारण बाइक , स्कुटर , साइकल पल्टिने र दुर्घटना हुने जोखिम बढी रहेको छ।  घाम लाग्दा धुलो उड्ने र पानि पर्दा हिलो हुने मात्र नभएर ठाऊँ ठाऊँमा पानि जम्ने गरेको छ।

नालीको मुनि खानेपानीको पाइप रहेको हुदा केहि कारण पाइप फुटेमा खानेपानी दुषित हुने सम्भावना रहेको छ। त्यस्तै नालीलाई राम्रोसंग नछोपेको कारण बच्चाहरु नालीमा खस्ने , अझ अध्यारोमा गाडी साथै ठुला मान्छेपनि नालीमा खस्ने खतारा रहेको छ।

महानगरको मुख्य स्थानकै सडकको त्यस्तो हालत हुदा पनि सम्बन्धित निकायले ध्यान दिएको छैन। वडा कार्यालय , विद्यालय , मेडिकल , पसल सबै यहि बाटोमा पर्ने भएको कारण सम्बन्धित निकायले समयमै ध्यान दिनु जरुरि छ।

Screenshot 2022 02 19 103636 ४ बर्षदेखि अलपत्र छ भरतपुरको सडक , मेयर भन्छिन ठेकदारले भनेको मानेन

धर्मचोकको मुख्य बजार

Screenshot 2022 02 19 103539 ४ बर्षदेखि अलपत्र छ भरतपुरको सडक , मेयर भन्छिन ठेकदारले भनेको मानेन

कचपचे चोक जाने बाटोमा रहेको खाल्डा खुल्डी

Screenshot 2022 02 19 103355 ४ बर्षदेखि अलपत्र छ भरतपुरको सडक , मेयर भन्छिन ठेकदारले भनेको मानेन

धर्मचोक बजार

Screenshot 2022 02 19 103423 ४ बर्षदेखि अलपत्र छ भरतपुरको सडक , मेयर भन्छिन ठेकदारले भनेको मानेन

गाडी प्रवेश गर्न नदिन स्थानीयले लगाएको बार

धुलाम्मे सडक

धुलाम्मे सडक

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस