×
Nepse Bajar Messenger Channel
आजको बजार : निफ्राका लगानीकर्ता मालामाल, सिभिल र सेञ्चुरी निराश



सोमबार नेपाली शेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.६७ अङ्कले घटेको छ । १.२४ प्रतिशतले घटेको परिसूचक २६०७.६७ मा झरेर कारोबार बन्द भएको छ ।२०७ कम्पनीको २ करोड १६ लाख बढी कित्ता सेयर ८ अर्ब बढी रुपैयाँमा कारोबार भएका छन् ।

 

आज सबैभन्दा धेरै नेपाल इन्फ्रस्टक्चर बैंक (निफ्रा)का सेयर लगानीकर्ता मालामाल भएका छन् ।उक्त बैंकको शेयरमा शुरुमै सकारात्मक सर्किट लागेको थियो भने १० प्रतिशत बढेर ६६० रुपैयामा कारोबार भएको छ ।

सेन्चुरी कर्मशियल बेंकका लगानीककर्ताले सर्वाधिक ५.५२ प्रतिशतले गुमाएका छन्। यस्तै सिभिल बैंकको शेयर मूल्य समेत १४ रुपैंयाले घटेको छ।आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३८ करोड बढिमा सेयर कारोबार भएको छ।

सोमबार हाइड्रोपावर कम्पनीहरुको सेयरमा लगानीकर्ताहरुको इन्डेक्स ४ प्रतिशत भन्दा धेरै बढेको छ । आँखुखोला जलविद्युत र तामाकोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य अत्याधिक वृद्धि भएको छ ।

Screenshot 2021 02 22 152444 1024x475 1 आजको बजार : निफ्राका लगानीकर्ता मालामाल, सिभिल र सेञ्चुरी निराशScreenshot 2021 02 22 152510 1024x613 1 आजको बजार : निफ्राका लगानीकर्ता मालामाल, सिभिल र सेञ्चुरी निराश

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस