×
Lagani
Lagani Shiksha gif
आरएमडीसीले घोषणा गर्‍याे २५ प्रतिशत लाभांश



आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

आरएमडीसीले १५ मंसिरमा बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित पाँच प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Lagani Shiksha gif

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् । हाल लघुवित्तको चुक्ता पुँजी एक अर्ब तीन करोड ४२ लाख २१ हजार ९३९ रुपैयाँ रहेको छ । सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी एक अर्ब २४ करोड १० लाख ६६ हजार ३२६ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस