×
समता घरेलु लघुवित्तको बोनस सेयर घोषणा



काठमाडौं, पौष २५ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यस संस्थाको पुस २४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि समता घरेलुले आर्थिक वर्ष २०७९–८० मा ५.७१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस