×
Lagani
Lagani Shiksha gif
डिम्याटमा आयो सर्वोत्तम सिमेन्टको आईपिओ , कतिमा होला पहिलो कारोबार ?



सर्वोत्तम सिमेन्टले आईपिओ लगानीकर्ताको डिम्याट खातामा पठाएको छ।

कम्पनीले फागुन १३ गतेदेखि बुक बिल्डिङ प्रक्रियामार्फत प्रतिकित्ता ३६०.९० रूपैयाँमा सर्वसाधारणमा कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गरेको थियो। उक्त सेयर गोलाप्रथा मार्फत ५५ हजार ५ सय २१ जनाले ५० कित्ताका दरले पाएका थिए।

स्रोतका अनुसार कम्पनीको आईपियो आइतबार नेप्सेमा सूचीकरण गरिने छ।  आइतबार सुचीकारण भएमा सोमबारदेखि कारोबार हुने छ। कम्पनीको नेटवर्थ १७१.७४ रुपैयाँ रहेको हुदा ओपनिङ्ग रेञ्ज १७१.७४ रुपैयाँ देखि अधिकतम ५१५.७४ रुपैयाँसम्म हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस