×
Lagani
Lagani Shiksha gif
बुटवल पावर, ग्लोबल आइएमई लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन



आज पुस १८ गते बुधबार ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यस दिन बुटवल पावर कम्पनी, ग्लोबल आइएमई लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  बुटवल पावर कम्पनीले गत वर्षको नाफाबाट करसहित ५% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कार्की ब्यांक्वेट बबरमहल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

Lagani Shiksha gif
sharehubapk बुटवल पावर, ग्लोबल आइएमई लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

यसैगरी, शिवम् सिमेन्ट्सले गत वर्षको नाफाबाट प्रतिशत १४.२५% बोनस सेयर र कर तिर्न ०.७५% नगद लाभांश वितरण गर्दै छ । उक्त लाभांश पारित गर्न पुस २७ गते साधारण सभा बोलाएको छ । सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

साथै, ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कर सहित १०% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २९ गते साधारण सभा डाकेको छ । सभा बेस्ट रिर्सोट नेपाल लेकसाइड, पोखरामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

यी ३ वटै कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन् । तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस