×
नीजि स्कुलका शिक्षकलाई सरकारी सरह तलब सुबिधा दिन मेयर शाहकाे निर्देशन



काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले निजी बिधालयले पनि सरकारी स्कुल सरह शिक्षकहरूलाइ तलब भत्ता दिनुपर्ने जनाएका छन् ।

संस्थागत (निजि)  बिधालयले  शिक्षकहरूलाइ कानुन सम्मत तलब नदिएकाे गुनासाे गरे पछि मेयर शाहले सार्बजनिक रूपमा नै शिक्षकहरूकाे तलब सार्बजनिक गर्दै साेही अनुसार ब्यवस्था गर्नु पर्ने जनाएका छन् ।

‘काठमाडौं महानगरपालिकामा संस्थागत ( निजि / Private ) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ,’ शाहले भनेका छन, ‘यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।’

सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिएकाे भन्दै तलब स्केल सार्बजनिक गरेका छन् । उनले भनेका छन,  ‘निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्दछौँ।’

 

talab नीजि स्कुलका शिक्षकलाई सरकारी सरह तलब सुबिधा दिन मेयर शाहकाे निर्देशन

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Ramesh Sharma Chapagain
Guest
Ramesh Sharma Chapagain
June 29, 2023 10:18 am

स्कुल को के जान्छ र, student को fee बढाई दिन्छ l
Extra activities को नाममा fee थपन लगाउँछन्।



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस