×
Lagani
Lagani Shiksha gif
आइतबार देखि निष्कासन हुदै ईङवा हाइड्रोपावरको आईपीओ , कति दिने आवेदन ?



ईङवा हाइड्रोपावर कम्पनीले आइतबारदेखि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा भने आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि आईपीओ बिक्री गर्न लागेको हो । स्थानीयलाई जारी पुँजी ६० करोड रुपैयाँको १०% अर्थात ६ लाख कित्ता सेयर निष्कासन गर्ने गर्न लागेको हो । त्यस्तै वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि भने १ लाख २० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपियोमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयको हकमा भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ भने वैदेशिक रोजगारमा रहेको नेपालीहरुले मेरो सेयरमार्फत आवेदन सक्ने सक्ने छन।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस