×
Lagani
Lagani Shiksha gif
कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट मिति सार्बजनिक।



कालिञ्चोक लिमिटेडको आईपीओ माघ १९ गते अर्थात बिहीवार बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ अनुसार कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओकाे बाँडफाँट माघ १९ गते हुने भएकाे छ । कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १४ लाख ३२ हजार ८ सय ८१ जना लगानीकर्ताहरूले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका छन् जुन माग भन्दा १८.५२ गुणा बढी आवेदन हो ।

Lagani Shiksha gif
sharehubapk कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट मिति सार्बजनिक।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँट गर्दा जम्मा ८९ हजार ६ सय ४० जनाले मात्रै सेयर हात पार्नेछन् भने बाकि १३ लाख बढी आवेदकको हात खालि रहने छ।

कम्पनीले सर्वसाधारणको लागि ८ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्काशनका गरेको हो। आईपीओ निष्काशनका लागि गराएको रेटिङ अनुसार केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस