×
Lagani
Lagani Shiksha gif
सुपर मादी हाइड्रोपावरको आईपीओमा पर्यो करिब ५ गुणा आवेदन , आईपीओ पर्ने सम्भावना न्यून।



सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदनको ओहिरो लागेको छ।

दोस्रो दिनसम्म कम्पनीको आईपीओमा ७ लाख २६५ जनाले आवेदन दिएका छन्। सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले दिएको जानकारीअनुसार यी आवेदकहरूबाट ८१ लाख ५८ हजार ८३० कित्ता शेयर खरीद माग भएको छ । दोस्रो दिनसम्म कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा ४ दशमलव ६८ गुणा बढी आवेदन परेको छ ।

Lagani Shiksha gif
sharehubapk सुपर मादी हाइड्रोपावरको आईपीओमा पर्यो करिब ५ गुणा आवेदन , आईपीओ पर्ने सम्भावना न्यून।

कम्पनीले सर्वसाधारणको लागि कुल २१ लाख कित्ता आइपियो निस्कासन गरेको हो। जस मध्य वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता विक्री गरिसकेको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । अब बाँकी १७ लाख ४३ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गते सम्म आवेदन दिन सक्ने छन्।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकास्थित मादी नदीको पानीबाट  ८ अर्ब ३५ करोड अनुमानित लागतमा ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  यसको प्रति मेगावाट लागत १८ करोड ९७ लाख रुपैयाँ छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस