×
Lagani
Lagani Shiksha gif
आजदेखि खुल्यो सुपर मादी हाइड्रोपावर आईपीओ , सबैले आवेदन दिन सकिने ।



सुपर मादी हाइड्रोपावरले आज देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्रि खुल्ला गरेको  छ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरु र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि कम्पनीले निष्कासन गरेको आईपीओ बाँडफाँट गरि सकेको छ। कम्पनीले सर्वसाधारणको लागि कुल २१ लाख कित्ता आइपियो निस्कासन गरेको हो।

Lagani Shiksha gif
sharehubapk आजदेखि खुल्यो सुपर मादी हाइड्रोपावर आईपीओ , सबैले आवेदन दिन सकिने ।

जस मध्य वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता विक्री गरिसकेको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । अब बाँकी १७ लाख ४३ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गते सम्म आवेदन दिन सक्ने छन्।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकास्थित मादी नदीको पानीबाट  ८ अर्ब ३५ करोड अनुमानित लागतमा ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  यसको प्रति मेगावाट लागत १८ करोड ९७ लाख रुपैयाँ छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस