×
Nepse Bajar Messenger Channel
निफ्राले दोस्रो त्रैमासमा कमायो करीब ७७ करोड नाफा , इपीएस र नेटवर्थ कति ?



नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस त्रैमाससम्म ७६ करोड ६१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ जुन गत वर्षको दोस्रो त्रैमाससम्मको भन्दा ७३ प्रतिशत बढी हो। कम्पनीले  गत वर्ष यस अवधिसम्म ४४ करोड २६ लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।

विवरण अनुसार यस वर्ष कम्पनीको सञ्चालन नाफा १ अर्ब ९ करोड ४५ लाख रूपैयाँभन्दा बढी रहेको छ जुन गत बर्ष ६३ करोड २३ लाख रूपैयाँभन्दा बढी थियो। यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि खुद नाफाकै अनुपातमा बढेको हो । त्यस्तै दोस्रो त्रैमाससम्मको वितरणयोग्य नाफा ६० करोड ४१ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

गत वर्ष ३३ करोड ७७ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले यस वर्ष ५७ करोड ७९ लाख रूपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको हो । कम्पनीले ८ प्रतिशत बोनस शेयर मार्फत पूँजी बृद्धि गरी जगेडा कोष  २१ अर्ब ६० करोड पुर्‍याएको थियो जुन  यस वर्ष ४१ दशमलव ३० प्रतिशत घटेर १ अर्ब ६६ करोड ९६ लाखमा सिमित भएको छ ।

यस वर्ष कम्पनीले धितोपत्रमा ५ करोड रूपैयाँ लगानी गरेको छ ।  त्यस्तै कम्पनीले यस वर्ष १९ अर्ब ८२ करोड ३० लाख रूपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ जुन गत बर्ष ८ अर्ब १३ करोड ६४ लाख रूपैयाँ भन्दा बढी थियो। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ७ रूपैयाँ ९ पैसा र प्रतिशेयर नेटवर्थ १०७ रूपैयाँ ७३ पैसा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस