×
Lagani
Lagani Shiksha gif
शुभम पावरको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।



शुभम पावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ।

कम्पनीले पुस ६ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट भएको हो। कम्पनीले सर्वसाधारणका लागि जारी पूँजी रू. २० करोडको २० प्रतिशत अर्थात् ४ लाख कित्ता शेयरमध्ये २० प्रतिशत अर्थात् ४ लाख कित्तामा आयोजना प्रभावित क्षेत्रका बासिन्दामा वितरण हुन नसकेको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० को १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरेकोे थियो ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  कम्पनीले आयोजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन गर्दै आएको छ, यस आयोजनाको कूल लागत रू. १४ करोड ३९ लाख ९० हजार ८८९ रहेको छ भने प्रतिमेगावाट लागत रू. १४ करोड ५४ लाख ४५ हजार ३४२ रहेको छ ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि नेप्से बजारको साइटमा जानुहोला।
२) साइटमा जान  यहा क्लिक गर्नुहोला।  
३) लिंक खोलेपछि नतिजा हेर्नको लागि कम्पनि छान्नुहोला
४) त्यसपछि आफ्नो डिम्याट नम्बर हानेर नतिजा हेर्नु होला।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस