×
Lagani
Lagani Shiksha gif
सबैले आवेदन दिन मिल्ने अर्को आईपीओको निष्कासन मिति सार्बजनिक , जान्नुहोस् कहिले ?



माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गतेदेखि दोस्रो चरणमा आईपीओ निष्कासन गर्ने भएको छ ।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेर बाँडफाँट गरिसकेको छ। अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

Lagani Shiksha gif
sharehubapk सबैले आवेदन दिन मिल्ने अर्को आईपीओको निष्कासन मिति सार्बजनिक , जान्नुहोस् कहिले ?

कम्पनीले जारी पूँजीको रू.१ अर्बको ३४ प्रतिशतले हुन आउने रू. ३४ करोड बरारबको ३४ लाख कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो । सोमध्य १२ लाख ४० हजार कित्ता लाख कित्ता शेयर पहिलो चरणमा निस्कासन गरि बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ भने ४८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ ।

अब कम्पनीले बाँकी रहेको १९ लाख ९२ हजार कित्ता शेयर सर्वसाधारणका लागि निस्कासन गर्न लागेको हो। कम्पनीको आईपीओमा आवेदन दिन चाहाने आवेदकले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता शेयरका लागि छिटोमा माघ १७ गतेसम्म आवेदन दिन सक्नेछन् भने ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर मार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले कम्पनीलाई आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत देखाउँछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रबर्धन गरिरहेको १४ दशमलव ९ मेगावाटको माया खोला जलविद्युत आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित रू.२० करोड १३ लाख ४२ हजार रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस