×
Lagani
Lagani Shiksha gif
लक्ष्मी बैंकको खुद नाफा ७६ दशमलव ९९ प्रतिशत



लक्ष्मी बैंक चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्बजनिक गरेको छ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म गत वर्षभन्दा ७६ दशमलव ९९ प्रतिशत बढी खुद नाफा गरेको छ । गत आर्थिक वर्ष ३१ करोड २३ लाख ७२ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्ष ५५ करोड २८ लाख ७० हजार रुपैयाँ नाफा गरेको हो ।

Lagani Shiksha gif
sharehubapk लक्ष्मी बैंकको खुद नाफा ७६ दशमलव ९९ प्रतिशत

यस्तै, हालसम्म वितरणयोग्य नाफा दुई अर्ब ३ करोड रुपैयाँभन्दा धेरै रहेको छ । लक्ष्मीको खुद ब्याज आम्दानी १६ दशमलव ९७ प्रतिशत र सञ्चालन नाफामा ७२ दशमलव ५९ प्रतिशतकोसुधार आएपछि खुद नाफामा वृद्धि भएको हो ।

बैंकको निक्षेप संकलन १६ दशमलव ५७ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी ३१ दशमलव ०४ प्रतिशतले वृद्धि भएको छ । असोज मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको भन्दा सात रुपैयाँ ९५ पैसाले बढेर प्रतिसेयर आम्दानी अहिले २० रुपैयाँ ६८ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७४ पैसा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस