×
साहस उर्जाको शेयरमा सकारात्मक सर्किट , तेह्रथुम पावरको भने बढन सकेन



कारोबारको  दोस्रो दिन साहस उर्जाको शेयर मूल्य ९.९८  प्रतिसत आर्थत ४४.५० अंकले बढेको छ।

समाचार तयार पर्दा सम्म कम्पनीको शेयरमा ३ लाख ५७ हजार ९ सय ९० कित्ताको खरिद माग रहेको छ भने बिक्रि गर्ने कोहि छैनन्।

हिज पहिलो दिन ४४५.८० मा कारोबार बन्द भएको उक्त कम्पनीको आज ४५४.७० मा कारोबार सुरु भएको हो।  कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित सर्वसाधारण र उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेको एक करोड पाँच लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको दुई करोड ४५ लाख कित्ता सेयर गरी कुल तीन करोड ५० लाख कित्ता आईपीओ बिहीबार सूचीकृत भएको हो ।

Screenshot 2021 11 01 112835 साहस उर्जाको शेयरमा सकारात्मक सर्किट , तेह्रथुम पावरको भने बढन सकेन

 

त्यस्तै तेह्रथुम पावरको शेयर मुल्यमा कुनै बृधि भएको छैन।  कम्पनीको हाल २५९.२० मा कारोबार भइरहेको छ।हिजो २५९.२० मा कारोबार बन्द भएको कम्पनीको आज २५९.२० मै कारोबार सुरु भएको हो। समाचार तयार पर्दा सम्म कम्पनीको शेयर खरिद गर्नको लागि ४८ हाजर २ सय ९२ कित्ताको माग रहेको छ भने बिक्रि गर्ने कोहि पनि छैनन्।

कम्पनीले ९-१३ भदौसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशन गरेको थियो । बिक्रीमा ल्याएको कुल सेयरमध्ये कम्पनीले दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो । Screenshot 2021 11 01 112938 साहस उर्जाको शेयरमा सकारात्मक सर्किट , तेह्रथुम पावरको भने बढन सकेन

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस