×
Lagani
Lagani Shiksha gif
प्रतिकित्ता रु ५० को पर्ने आईपीओ निष्काशन गर्दै हाथवे इन्भेष्टमेन्ट , बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल



आइएमई समुहद्धारा प्रवर्दित हाथवे इन्भेष्टमेन्टले आईपीओ निष्काशन  गर्ने तयारी गरेको छ ।

हाथवेले चुक्ता पूँजी १ अर्ब १५ करोड पुर्याउने निर्णयसँगै सर्वसाधारणलाई सेयर जारी गर्ने निर्णय गरेको छ । हाथवे इन्भेष्मेन्टले १२.५ प्रतिशतले हुने सेयर जारी गर्ने निर्णय गरेको छ । हाथवेले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिएको छ ।

Lagani Shiksha gif
sharehubapk प्रतिकित्ता रु ५० को पर्ने आईपीओ निष्काशन गर्दै हाथवे इन्भेष्टमेन्ट , बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ।शेयर जारी गर्नका लागि उक्त कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । आइतवार कम्पनीका तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यता हाथवे इन्भेष्टमेन्ट लिमिटेडको सञ्चालकबाट हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेल बाहिरिएका छन् । हाथवे इन्भेष्टमेन्टको सञ्चालक समितिको अध्यक्षमा ढकाल र सञ्चालकमा पौडेल थिए ।

कम्पनीले कुल १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीको १३ औं वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ ।

NOTICE FOR AGM प्रतिकित्ता रु ५० को पर्ने आईपीओ निष्काशन गर्दै हाथवे इन्भेष्टमेन्ट , बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस