×
Lagani
Lagani Shiksha gif
रेणु दाहालले ५ बर्षसम्म गर्न नसकेको काम रवि लामिछानेले २ दिनमै गरेर देखाए !



करिब ५ बर्ष देखि अलपत्र रहेको भरतपुर महानगर स्थित कचपचे चोक देखि धर्मचोक हुदै बेलचोक सम्मको सडक काम अहिले तिब्र गतिमा चलेको छ।

रवि लामिछाने शनिबार स्थानीयको सडकको समस्यालाई समाधान गर्न फिल्डमै उत्रिएका थिए। लामिछाने आएर ठेकदारलाई छिटो काम सक्न सचेत गराएपछि अहिले तिब्र गतिमा काम सुरु भएको छ। सभापति लामिछानेले निर्माणको ठेक्का पाएको कम्पनी रमन शिवशक्ति जेभीका व्यवस्थापक राजु थपलिया र इन्जिनियर रञ्जन ठाकुरलाई आफ्नै मुखबाट माइकमा बोल्न लगाएर आइतबारदेखि नै काम गराउने प्रतिवद्धता गराएपछि धमाधम काम सुरु भएको हो।

‘यो मंसिर भित्र सबै काम सकिन्छ, निर्वाचनलगायतका विभिन्न कारणले ढिलाई भएको हो अब हुँदैन’–थपलियाले भने । यो सडकको काम सम्पन्न नहुदा स्थानीयबासि आक्रोसित बनेका थिए।  उनीहरु पटक पटक आन्दोलन गरेर मेयर सम्म पुग्दा पनि उक्त सडकको काम हुन् सकेन। लामिछानेले ठेकदार कम्पनिलाई केहि सहयोग चाहिने भए आफुले गर्ने पनि बताएका छन्।

एकजना स्थानीयले भने ” हामीले पटक पटक रेणु दाहालको कार्यालयमा गएर अनुरोध गर्दा नि काम भएन तर अहिले रवि लामिछानेले आएर काम सुरु गर्न लगाएपछि बाटो बन्ने आस जागेको छ। ” अर्का स्थानीय भन्छन ” रेणु दाहालले ५ बर्षसम्म गर्न नसकेको काम रवि लामिछानेले जितेको २ दिनमै गरेर देखाए ” ।

त्यस्तै भरतपुर महानगरपालिकाकि मेयर रेणु दहालले भने ठेकदारलाई काम सक्न बारम्बार आग्रहगर्दा पनि ठेकदारले वेवास्था गरेको बताएकी थिइन्। तर अहिले लामिछानेले सडकमै पुगेर ठेकदारलाई सचेत गराएपछि धमाधाम काम सुरु भएको छ। अहिले काम सुरु भएपछि स्थानीय पनि खुशी देखिन्छन।

यो पनि पढ्नुहोस :

महानगरीय रिंग रोड तथा लिंक रोडको प्याकेज नं २ अन्तर्गत सुरु गरिएको सो सडकको मर्मतको कार्य २०७७ आषाढ मसान्तभित्रै सक्नुपर्ने भए पनि कोरोना महामारीका कारण सरकारले नै ठेकेदारलाई २०७७ पुस मसान्तसम्म म्याद थप गरेको थियो । तर पनि ठेक्का पाएको कम्पनीले ढिलासुस्ती गरिदिँदा सडकको मर्मत कार्य कहिले सकिने हो भन्ने अझै अन्यौल छाएको छ ।

317262636 2639636579500885 8845659805112072014 n e1669607723162 रेणु दाहालले ५ बर्षसम्म गर्न नसकेको काम रवि लामिछानेले २ दिनमै गरेर देखाए !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस