×
५ हजार मतको अग्रता सहित माओवादीको पहिलो जित



यो निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेको माओवादी केन्द्रले पहिलो जित दर्ता गरेको छ ।

प्रतिनिधिसभामा सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल राजन विजयी भएका छन् । माओवादीले देशभरका निर्वाचन क्षेत्रमध्ये १६ सिटमा अग्रता बनाएको छ ।

उनले एमालेका उम्मेदवारलाई फराकिलो मतले पराजित गरेका छन् । दाहालले २७५१७ र उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१६८७ मत ल्याए ।राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३ र राप्रपाका भिष्मराज श्रेष्ठले १३४० मत ल्याए ।

सिन्धुलीमा सत्तागठबन्धन थियो । सिन्धुली १ मा कांग्रेसले पाएको छ । सो क्षेत्रमा कांग्रेसका श्याम घिमिरेले एमालेका प्रदीप कटुवाललाई पछि पारेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस