×
Lagani
Lagani Shiksha gif
डिप्रोक्सको नाफामा गिरावट, प्रतिसेयर आम्दानी पनि घट्यो



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको वित्तीय विवरणअनुसार सो अवधिमा लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको देखिन्छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानीमा पनि सामान्य गिरावट आएको छ । खुद ब्याज आम्दानी एक दशमलव २० प्रतिशतले घटेर ३५ करोड ९१ लाख ४० हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले ३६ करोड ३५ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Lagani Shiksha gif
sharehubapk डिप्रोक्सको नाफामा गिरावट, प्रतिसेयर आम्दानी पनि घट्यो

त्यस्तै, नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि खस्केको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७८ रुपैयाँ ८१ पैसाबाट २८ रुपैयाँ ७७ पैसा घटेर ५० रुपैयाँ ४ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात २५ दशमलव ७२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ३२ पैसा छ।

डिप्रोक्सले यो वर्ष २३ करोड २ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । यो वर्ष संस्थाले प्रोभिजनमा कम रकम छुट्याएकाले सञ्चालन नाफा बढेको हो । गत वर्ष यसै अवधिमा एक अर्ब १० करोड ९१ लाख ५६ हजार रुपैयाँ सञ्चालन नाफा नोक्सानमा रहेको थियो । गत वर्ष एक अर्ब ३७ करोड २६ लाख १४ हजार रुपैयाँ छुट्याएको प्रोभिजनमा यो वर्ष एक करोड ८५ लाख १७ हजार रुपैयाँ छुट्याएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस