आज तिहारको पाँचौ दिन भाइटीका । मौसमले पनि साथ दिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहे पनि बाँकी क्षेत्रको मौसम सामान्यता सफा छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।
प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted










