×
Lagani
Lagani Shiksha gif
१५ रुपैयाँसम्म बढेर आयो पेट्रोलियम पदार्थको मूल्य !



 

भारतले १५ रुपैयाँसम्म बढाएर पेट्रोलियम पदार्थको मूल्य सुची पठाएको छ।

Lagani Shiksha gif
sharehubapk १५ रुपैयाँसम्म बढेर आयो पेट्रोलियम पदार्थको मूल्य !

इण्डियन आयल कर्पोरेशन लिमिटेडले हिजो डिजेल र हवाई इन्धनको मूल्यमा अत्यधिक वृद्धि गरेर मूल्यसुची नेपाल पठाएको छ। सोअनुसार
पेट्रोलमा रु १.७४ प्रति लिटर, डिजेलमा रु. १५. ६० प्रति लिटर र हवाई इन्धनमा रु. १०.२१ प्रति लिटरले बढेर आएको हुँदा डिजेलमा रु. ६।३४ प्रति लिटर घाटा (रु. १८.५१ करोड घाटा) र एल.पी.ग्यासमा रु. ३२५.४४ प्रति सिलिण्डर घाटा भई पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीव रु. ३९ करोड नाफा हुने प्रक्षेपण निगमले गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको कारणले विगत लामो समयदेखि निगम निरन्तर नोक्सानीमा संचालन भएको हुँदा हालसम्ममा निगमले ईण्डियन आयल कर्परेशन लिमिटेड, नेपाल सरकार र राष्ट्रिय वाणिज्य बैंकलाई करिव रु. ३३ अर्ब ६० करोड रकम तिर्न वाँकी रहेको निगमले जनाएको छ।

हाल अन्तर्राष्ट्रिय वजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनियम दर कमजोर हुँदै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं आन्तरिक त्रष्णको व्यवस्थापन गर्न निगमलाई अझैपनि चुनौतिपूर्ण अवस्था रहेको निगमले जनाएको छ । निगमले यस बिषम परिस्थिति एवं बाध्यात्मक अवस्थालाई दृष्टिगत गरी हाललाई पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राखेको छ ।

 

 

310105504 167667322599808 7989412089434388640 n १५ रुपैयाँसम्म बढेर आयो पेट्रोलियम पदार्थको मूल्य !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस