×
Lagani
Lagani Shiksha gif
अब एक व्यक्तिले दुई भन्दा बढी सिम लिन नपाउने !



अव एक व्यक्तिले दुई वटा भन्दा बढी सिमकार्ड लिन नपाउने भएको छ ।

खासगरी एउटै व्यक्तिको नाममा धेरै सिम प्रयोग हुँदा दुरुपयोग हुनसक्ने, आपराधिक क्रियाकलापमा प्रयोग हुनसक्ने र सुरक्षाको खतरा हुनसक्ने भएपछि यस्तो व्यवस्था लागू गरेको हो । यद्यपि, एक व्यक्तिले फरक- फरक सेवा प्रदायकको गरी दुई ओटाभन्दा बढी सिम राख्न पाउनेछ । अर्थात्, एकै व्यक्तिले नेपाल टेलिकमका दुईओटा, एनसेलका दुईओटा र स्मार्ट सेलका दुईओटासम्म सिम प्रयोग गर्न पाउनेछन् ।

Lagani Shiksha gif
sharehubapk अब एक व्यक्तिले दुई भन्दा बढी सिम लिन नपाउने !

पहिले नै दुईभन्दा बढी सिमकार्ड लिइसकेका व्यक्तिले उक्त कम्पनीबाट अब सिमकार्ड किन्न पाउने छैनन् । मोबाइलबाट अनलाइन कारोबारलगायतका गतिविधि भएपछि साइबर सुरक्षाका लागि यस्तो गरेको प्राधिकरणको भनाइ छ । यसअघि दुईओटा भन्दा बढी सिम भएकाहरूको पनि तथ्यांक लिन थालिएको प्राधिकरणले स्पष्ट पारेको छ ।

दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआईएस रिपोर्ट अनुसार हाल नेपालमा चार करोड ११ लाख १३ हजार सिम प्रयोगकर्ता रहेका छन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस