×
Lagani
Lagani Shiksha gif
पहिले चितवन आँसु बोकेर आएको थिएं ,अब नफर्कने गरेर आएको छु



राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष  रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट पाएका छन् ।

Lagani Shiksha gif
sharehubapk पहिले चितवन आँसु बोकेर आएको थिएं ,अब नफर्कने गरेर आएको छु

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ ।

उनले सामाजिक संजालमा लेखेका छन् ” एउटा समय यस्तो थियो जब मलाई झुक्याएर राता रात भरतपुर चितवन पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो। म आँखामा अन्योल र आँसु बोकेर चितवन आएको थिएं। अर्को समय आज छ, जहाँ म आफ्नै इच्छा र चाहनाले आँखा भरी सपना र समाज परिवर्तनको योजना बोकेर चितवन नै आएको छु ।

यस पटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु,जीवन भर चितवनको मान्छे बनेर। मंसिर ४ का लागि चितवन- २ मेरो निर्वाचन क्षेत्र र चुनाव चिन्ह घण्टी।”

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस