×
Lagani
Lagani Shiksha gif
कुमारी बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज



कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ ।

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ ८ कात्तिकमा बुक क्लोज गर्ने भएको छ । कुमारीले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र दई दशमलव ६७ प्रतिशत नगद लाभांश (करसहित) वितरण प्रस्ताव राख्न साधारणसभा आह्वान गरेको छ ।

Lagani Shiksha gif
sharehubapk कुमारी बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

कुमारी बैंकले लाभांश प्रस्ताव पारित गर्न १६ कात्तिकमा बैंकको रजिष्टर्ड कार्यालय टंगाल काठमाडौंमा २१औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभा बिहान ११ः३० बजे भर्चुअल माध्यम (जुम) मार्फत सुरु हुनेछ। कोरोनाका कारण भर्चुअल रूपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आईडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।

सभामा लाभांश वितरण प्रस्ताव पारित गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसनमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगातको एजेण्डा राखिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस