×
Lagani
Lagani Shiksha gif
सानिमा बैंकले १०.२५ प्रतिशत ब्याज पाइने गरि ऋणपत्र निष्कासन गर्दै



सानिमा बैंकले १० असारदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले प्रतिइकाइ एक हजार रुपैयाँको दरमा ५० लाख इकाइ ऋणपत्र जारी गर्न लागेको छ । यसमध्ये ३० लाख इकाइ बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।

Lagani Shiksha gif
sharehubapk सानिमा बैंकले १०.२५ प्रतिशत ब्याज पाइने गरि ऋणपत्र निष्कासन गर्दै

ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन नपरेकाले २० लाख इकाइ नै सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

सानिमाले १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्टले गर्ने र यस ऋणपत्रमा असार १४ गतेसम्म आवेदन दिन पाइनेछ ।

उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने २४ असारसम्म खुला रहनेछ । न्यूनतम २५ इकाइदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस