×
Lagani
Lagani Shiksha gif
नेष्डो समृद्ध लघुवित्तकाे आईपीओको नतिजा सार्बजनिक , यस्तो छ नतिजा हेर्ने तरिका।



नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ बाँडफाँट भएसंगै नतिजा कतिबेला सार्बजनिक होला भन्ने चासो सबैमा रहेको थियो।

हाल  आईपीओको नतिजा सार्बजनिक भएको छ।  कुल २५ लाख २७ हजार १ सय १ जना आवेदक मध्ये २५ लाख २२ हजार ९ सय ५५ योग्य आवेदक रहेकोमा ७७ हजार ४ सय ५३ जना आवेदकले १० कित्ताको दरले शेयर हात पारेका छन् भने २४ लाख ४५ हजार ४ सय ९९ जना आवेदकको हात खाली भएको छ। त्यस्तै ३ जना आवेदकले ११ कित्ताको दरले शेयर प्राप्त गरेका छन्।

Lagani Shiksha gif
sharehubapk नेष्डो समृद्ध लघुवित्तकाे आईपीओको नतिजा सार्बजनिक , यस्तो छ नतिजा हेर्ने तरिका।

लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको  हो। लघुवित्तले निष्काशन गरेको को कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो ।

सर्वसाधारणको लागि बाँकी रहेको  ७ लाख ७४ हजार ५६३ कित्ता सुरक्षित गरिएको थियो  । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस ओअछु BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

result 1 नेष्डो समृद्ध लघुवित्तकाे आईपीओको नतिजा सार्बजनिक , यस्तो छ नतिजा हेर्ने तरिका।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस