×
Lagani
Lagani Shiksha gif
आज हुँदै इमर्जिङ्ग नेपालको आइपीओ नेप्सेमा कारोबार , कतिमा होला पहिलो कारोबार ?



इमर्जिङ नेपालको आईपीओ आजदेखि नेप्सेमा कारोबार हुने भएको छ।

नेप्सेले इमर्जिङ्ग नेपाल लिमिटेडको ओपनिङ्ग रेञ्ज रु १०५.११ देखि रु ३१५.३३ तोकेको छ । सर्वसाधारणमा वितरण गरिएको ५ लाख ५५ हजार ६ सय कित्ता र संस्थापकहरुले लगानी गरेको ५० लाख ४ सय कित्ता आईपीओ बुधबारको निर्णय अनुसार शुक्रबार सूचीकृत भएको हो ।

Lagani Shiksha gif
sharehubapk आज हुँदै इमर्जिङ्ग नेपालको आइपीओ नेप्सेमा कारोबार , कतिमा होला पहिलो कारोबार ?

कम्पनीको प्राकासित वित्तिय विवरण अनुसार  कम्पनीको बास्तबिक प्रति शेयर नेटवर्थ रु १०५.११  रहेको छ भने प्रति शेयर आम्दानि रु २.३२ रहेको छ।  अन्तिम दिनसम्ममा २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाकाे रद्दभएको  थियो । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस