×
Lagani
Lagani Shiksha gif
भोलि देखि निस्कासन हुदै आईपीओ , भर्नु अघि कम्पनीको बारेमा जान्नुहोस।



शेयर बजार बारे सिक्न , नेप्से बजारको आधिकारिक ग्रुपमा जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

आयोजना प्रभावित क्षेत्रका जनाताको लागि प्राथमिक शेयर निष्कासन गरेर बाँडफाँट सकेको मध्य भोटेकोशीले भोलि देखि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

Lagani Shiksha gif
sharehubapk भोलि देखि निस्कासन हुदै आईपीओ , भर्नु अघि कम्पनीको बारेमा जान्नुहोस।

कम्पनीले ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ।कम्पनीले सर्वसाधारणको लागि ९० लाख कित्ता निस्कासन गर्न लागेको हो।

कम्पनीको प्रति शेयर नेटवर्थ (रु.) ९४.३९ रहेको छ भने इपीएस  १.२२ ऋणआत्मक रहेको छ।  त्यस्तै कम्पनीको कुल नोक्सान ५ करोड ५ओ  लाख ३१  हजार  रहेको छ।  मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड प्रचलित कानुन बमोजिम २०६७ साल श्रावण १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । यस कम्पनीको जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लाको साविक गाति (बाह्बिसे न.पा. ५) र मार्मिङ गा.वि.स. (भोटेकोशी गा.पा. ५) मा रहेको छ ।

Screenshot 2021 10 05 171458 भोलि देखि निस्कासन हुदै आईपीओ , भर्नु अघि कम्पनीको बारेमा जान्नुहोस।

कम्पनीको वित्तिय अवस्था

कम्पनीको बनावट
कम्पनीमा हाल चिलिमे जलविद्युत कम्पनी लि., नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि., सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि., नेपाल अरनिको हाइड्रोपावर कम्पनी लि. र सिन्धु भोटेकोशी हाइड्रोपावर लि. संस्थापक शेयरधनी रहेका छन्। कम्पनीको प्रवन्धपत्र तथा नियमावली अनुसार जारी पूँजीको ३७ प्रतिशत चिलिमे जलविद्युत कम्पनी लिमिटेडलाई, १० प्रतिशत नेपाल विद्युत प्राधिकरणलाई, १ प्रतिशत सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि. लाई, १ प्रतिशत सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.लाई, १ प्रतिशत नेपाल अरनिको हाइड्रोपावर कम्पनी लि.लाई र १ प्रतिशत आयोजनामा घरजग्गा परी अति प्रभावित मानिएका घरपरिवारबाट गठन भएको कम्पनी सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडलाई रहेको छ ।

त्यस्तै १ प्रतिशत ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरुलाई, ३.५ प्रतिशत संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई, १९.५ प्रतिशत कर्मचारी सञ्चयकोषका संचयकर्ताहरुलाई आ.व. २०७५र७६ मा निष्कासन गरी मिति २०७५/०९/०४ गते बाँडफाँट कमिटिबाट बाँडफाँट भइसकेको छ । साथैआयोजना प्रभावित स्थानिय बासिन्दाहरुलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत धितोपत्र निष्कासन तथा बाँडफाँट गर्ने व्यवस्था रहेको छ ।

कारोवार गर्ने मुख्य स्थान:
यस कम्पनीको कारोवार गर्ने मुख्य स्थान कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा. वडा नं. ३, महाराजगंज, काठमाडौं र कम्पनीको आयोजना कार्यालय र जलविद्युत केन्द्र सिन्धुपाल्चोक जिल्ला साविक गाति (बाह्बिसे न.पा. ५) र मार्मिङ गा.वि.स. (भोटेकोशी गा.पा. ५) मा पर्दछ । यस कम्पनीको कारोवार गर्ने स्थान काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका रहेको छ ।

निष्कासनबाट प्राप्त हुने कूल रकमलाई कसरी र कुन क्षेत्रमा प्रयोग गरिनेछ तत् सम्बन्धी विवरण :
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीले आफ्नो जारी पूँजी रु.६,०००,०००,००० (अक्षरेपी छ अर्व मात्र) को १०५ अर्थात रु.६००,०००,०००(अक्षेरेपी साठ्ठी करोड मात्र) रकम बराबरको रु.१०० अंकित दरको ६,०००,००० कित्ता शेयर स्थानिय बासिन्दाहरुमा तथा जारी पूँजीको १५५ अर्थात रु.९००,०००,०००(अक्षेरेपी नब्बे करोड मात्र) रकम बराबरको रु.१०० अंकित दरका ९०,०००,००० कित्ता शेयर सर्वसाधारण समूहमा गरी कूल जम्मा १५०,०००,००० कित्ता शेयर देहाय बमोजिमका कार्यहरुका लागि खर्च गरिनेछ ।

१ . सिभिल तथा हाइड्रो मेकानीकल कार्य १,००,००,००,०००।-  २. इलेक्ट्रो मेकालिकल कार्य ३०,००,००,०००।-  ३. २२० केभि ट्रान्समिसन लाइनको निर्माण कार्य १०,००,००,०००।-  ४. परामर्शदाताको खर्च ५,००,००,०००।-  ५. आयोजना संचालन खर्च ५,००,००,०००।-  जम्मा १,५००,०००,०००।—

आयोजनाको संक्षिप्त प्राविधिक विवरणहरु निम्नानुसार रहेको छ: 
आयोजना स्थल: वाग्मती अञ्चल, सिन्धुपाल्कचोक जिल्ला, साविक गाति/मार्मिङ गा.वि.स.   (हाल बाह्बिसे न.पा. ५ र भोटेकोशी गा.पा. ५)  श्रोत नदी: भोटेकोशी नदी, सिन्धुपाल्चोक जिल्ला  आयोजनाको किसिम:  रन अफ रिभर
डिजाइन डिस्चार्ज:  ५०.८० घन मिटर प्रति सेकेण्ड  उत्पादन हुने इनर्जी:  ५४२ गेगावाट आवर (वार्षिक)  आयोजनाको उत्पादन क्षमता:  १०२ मेगावाट  ग्रस हेड:  २३५ मिटर  डाइभर्सन बाँध: लम्बाई ६५.५ मिटर, उचाई ११ मिटर
डाइभर्सन सुरुङ्ग: लम्बाई३३० मिटर, ब्यास ६ मिटर  डिस्यान्डीङ्ग वेसिन: १०० मि. लम्बाई ह १३ मि. चौडाई मि. ह ८.५ मि. उचाईको तीन वटा च्याम्वरहरु  हेडरेस सुरुङ्ग: लम्बाई ७,१२४ मिटर, ब्यास ५.७ मिटर  भुमिगत पेनस्टक: लम्बाई ७३० मिटर, ब्यास ३.६ मिटर  पावरहाउस: लम्बाई ७१.७४ मिटर, चौडाई१३.५ मिटर, उचाई३५ मिटर  टर्वाइन फ्रान्सिस : ३४ मेगावाटको तीन वटजेनेरेटर: ३ ह ४० MVA

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार हि असोज २० गतेदेखि असोज २५ गतेसम्म  सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। आवेदन दिदा न्यूनतम १० लित्ता दिदा नै काफी हुनेछ।

निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।सर्वसाधारणले बाँकी ८१ लाख ९० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो शेयरमा सर्वसाधारणले असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।  सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस