साहस उर्जा लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज बिहान ९ बजे आइपीओ बाँडफाँट भएको छ । लगानीकर्ताले लामो समय देखि नतिजा कुरेर बसिरहेको र हाल नतिजा सार्बजनिक भएको छ।
कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि नेप्से बजारको एप डाउनलोड गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।
३) एप खोलि IPO RESULTS भन्ने अप्सन छान्नुहोला।
४) आफ्नो दिम्यात नम्बर हानि कम्पनि छान्नुहोला।
५) त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।
असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आइतबार बाँडफाँट भएको भएको हो । यस आइपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आज आईपीओ बाँडफाँट भएको हो ।
कुल दर आवेदकमध्ये गोलाप्रथाबाट भाग्यमानी ६ लाख ४४ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १७ लाख ३९ हजार ४६० आवेदकको हात खाली भएको छ।
शुक्रबार प्रिअलटमेन्ट सकाएर आइतबार शेयर बाँडफाँट गर्न लगेको एनआईविएल एस क्यापिटलले जनाएको छ । यो आइपियोमा सर्वसाधारणबाट माग गरिएको भन्दा ५.६२ गुणा धेरैआवेदन परेको छ जसले गर्दा जम्मा ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन भने बाकिको हात खालि रहेको छ ।
उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।
इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।
नतिजा यहाँ बाट हेर्न सक्नु हुने छ।









