×
माधव नेपालको समर्थन गर्दै एमाले महाधिवेशनमा ओलीमाथि घनश्याम भुसालको काउन्टर, दिए चुनौति



नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमाले छाडेर एकीकृत समाजवादी गठन गरेका नेताहरुको अभाव खड्किने बतएका छन्। शुक्रबार विधान महाधिवेशनस्थल गोदाबरीमा पत्रकारहरुसँग कुरा गर्दै उनले लामो समयदेखि एमालेमा लागिरहेका साथीहरुको अभावै खड्किन्न भन्नु उदण्डता हुने बताए।

अभाव खड्किने भए पनि भावनाले भने पार्टी नचल्ने भुसालको भनाइ छ। ‘भावनाले चल्थ्यो भने उहाँहरु यहीँ हुनुहुन्थ्यो। उहाँहरु भावना, विवेक र राजनीतिक निर्णयका हिसाबले अर्कै निर्णय गर्नुभयो। उहाँहरुलाई पनि यस पार्टीसँग भावनात्मक सम्बन्ध थियो होला। तसर्थ भावनाको कुरा अगल हो। तर, व्यवहार र जीवनको कुरा, त्यसका वास्तविकता, व्यवहारिक कुरा फरक छन्’, उनले भने।

उनले आफूहरु एमालेभित्रका समस्या यहीँभित्र समाधान गर्न सकिने पक्षमा रहेको बताए। ‘एमालेमा यस्ता समस्या हिजो पनि आएको थियो। हामी लड्यौं। र, त्यसलाई समाधान गर्दै गयौं। विभाजन भएर पनि हामी एकै ठाउँमा भएर समाधान गर्ने दिशामा गयौं। हिजो हामीले सिकेर आएका हौं’, उनले भने।

पार्टी विभाजनअघि माधव नेपाल तथा झलनाथ खनाल पक्षमा रहेका भए पनि भुसाल सहितका केही नेताहरु अन्तिममा उनीहरुलाई छाडी एमालेमै रहेका थिए।भुसालले नवौं महाधिवेशनको कार्यदिशा विधान महाधिवेशनमा पुग्दा सर्वसम्मत भयो भन्नु सकारात्मक भएको बताएका छन् ।

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको विधान सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत राजनीतिक प्रतिवेदनमा नवौं महाधिवेशनको कार्यदिशा विधान महाधिवेशनमा पुग्दा सर्वसम्मत भएको उल्लेख छ । यो सकारात्मक भएको भन्दै उपमहासचिव भुसालले भने, ‘नवौं महाधिवेशनमा असहमत रहेका कमरेडहरुले त्यो कार्यदिशालाई समर्थन गर्नु भएको छ । अब राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने कार्यदिशा पार्टीमा सबै पक्षको कार्यदिशा भएको छ ।’

यद्यपि यो विधान महाधिवेशनमा पनि पार्टीको ठोस कार्यक्रम तयार पार्न नसकेको उनले बताए । उपमहासचिव भुसाल भन्छन्, ‘कार्यक्रमले पार्टीका सम्पूर्ण काम र त्यसमा नेता कार्यकर्ताको मूल्यांकन गर्ने आधार दिन्थ्यो । त्यो नहुँदा समृद्धि र समाजवाद नारा, चर्चा, छलफल र भाषणमा मात्र सिमित हुन्छ ।’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस