आयोजना प्रभावित क्षेत्रका जनाताको लागि प्राथमिक शेयर निष्कासन गरेर बाँडफाँट सकेको मध्य भोटेकोशीले यहि असोज २० गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणको लागि ९० लाख कित्ता निस्कासन गर्न लागेको हो। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार हि असोज २० गतेदेखि असोज २५ गतेसम्म ९० लाख कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सोमवार बाँडफाँट गरेको हो ।आयोजना प्रभावित क्षेत्र अन्तर्गतका १८० कित्तासम्मका लागि आवेदन दिने आवेदकलाई माग बमोजिम शेयर दिइएको छ । १९० कित्तादेखि ४०० कित्तासम्म माग गर्ने आवेदकहरु मध्येबाट थप २ हजार ३१३ जनालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । आयोजना प्रभावित क्षेत्र अन्तर्गतका आवेदकहरुले १९० कित्तासम्म शेयर हात पारेका छन् ।
कम्पनीले कुल कित्तामध्ये आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थानीयका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य बासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री गरेको हो ।
सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसहित रू. १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ ।
नतिजा ग्लोबल आइएमई क्यापिटलको साइतमा प्रकासन हुने छ।
















