×
Lagani
Lagani Shiksha gif
सोमबार पनि नेप्सेले कायम गर्याे नयाँ रेकर्ड



आइतवार कायम भएको कीर्तिमान सोमबार ब्रेक भएको छ । सोमबार नेप्से सूचक २० अंकले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

यस दिन नेप्से सूचक २०.७१ अंकले बढेर २७५९.२२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ४.४५ अंकले बढेको छ।

Lagani Shiksha gif
sharehubapk सोमबार पनि नेप्सेले कायम गर्याे नयाँ रेकर्ड

यस दिन कारोबार रकममा पनि उत्साह कायमै रहेको देखिएको छ। आइतबार १० अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार पनि ९ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यस दिन २१८ वटा कम्पनीको १ करोड ९० लाख ५६ हजार २३६ कित्ता शेयर ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँमा खरिदबिक्री भएको छ।

सोमबार हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। कारोबारमा आएका अधिकांश कम्पनीको शेयरमूल्य बढ्दा उक्त उपसमूहको सूचक सबैभन्दा धेरै २.५२ प्रतिशतले बढेको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ३ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

सोमबार कारोबारमा आएका ११ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रु रु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने समता घरेलु लघुवित्तको ९.९८ प्रतिशत, राधी विद्युतको ९.९४ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९३ प्रतिशत र प्रोग्रेशिभ फाइनान्सको ९.९१ प्रतिशतले बढेको छ।

यस दिन विशाल बजार कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १.८४ प्रतिशतले घटेको छ भने श्री इन्भेष्टमेन्ट फाइनान्सको १.७६ प्रतिशत, ज्योति विकास बैंकको १.७४ प्रतिशत, आइसिएफसि फाइनान्सको १.४८ प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य १.४७ प्रतिशतले घटेको छ।

सोमबार पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल दूरसञ्चार कम्पनीको ४२ करोड ६९ लाख, शिखर इन्स्योरेन्सको ३१ करोड ७९ लाख, अरुण कावेली पावरको २५ करोड र अपर तामाकोशीको २१ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस