रुरुको नेप्सेमा सुचिकृत भएर वैशाख २० गतेदेखि कारोबार शुरु भएको कम्पनीको शेयरमूल्यमा निरन्तर वृद्धि भइरहेको छ ।
आज कम्पनीको शेयर अधिकतम ९.९७ प्रतिसताले बढेको हो। कम्पनीको आज ६६२ मा कारोबार भाहिरहेको छ भने खरिद माग ५ लाख रहेको छ।हिजो ६०२ मा कारोबार बन्द भएको थियो भने आज ६३२ मा कारोबार सुरु भएको हो। आज कम्पनीको शेयर न्यूनतम ६३२ मा कारोबार भएको छ भने अधिकतम ६६२मा कारोबार भाहिरहेको छ।
हाल सम्म ३५० कित्ता शेयरको कारोबार भएको छ र शेयर खरिद माग उच्च रहेको छ। माग उछ रहेको र सप्लाई कम भएको हुदा केहि दिन सम्म कम्पनीको शेयर मूल्य बढ्न सक्ने संकेत रहेको छ।हाल सम्मको रेकर्डलाई हेर्दा आइपियॊ शेयर लगानीकर्ताले होल्ड गर्न सके सम्म शेयर बढ्ने देखिन्छ।
रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको थियो ।
कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई छुट्टाइएको थियो।

















