×
Lagani
Lagani Shiksha gif
अपर तामाकोशी हाइड्रोपावर साढे ३ करोड नोक्सानीमा



अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट सार्बजनिक गरेको छ।

कम्पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ड रू. ३ करोड ५० लाख २८ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्ष कम्पनीले रू. ४ करोड ४४ लाख ९६ हजार खुद नोक्सानीमा थियो । कम्पनीले यस वर्ष अन्य स्रोतबाट रू. १ लाख ३० हजार आम्दानी गरेको छ ।

Lagani Shiksha gif
sharehubapk अपर तामाकोशी हाइड्रोपावर साढे ३ करोड नोक्सानीमा

कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ८२ करोड ५६ लाख २२ हजार ऋणात्मक रहेको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणमार्फत रू. १३ अर्ब बराबरको दिर्घकालिन ऋण यस वर्ष प्राप्त गरेको छ ।

कम्पनीको कुल सम्पत्ति रू. ८४ अर्ब ८८ करोड ८३ लाख ९७ हजार छ । प्रति शेयर नेटवर्थरू. ९२ दशमलव २० रहेको छ भने प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ३३ रहेको छ .

यस कम्पनी अन्तर्गत निर्पाणाधिन ४५६ प्रेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट आउदो जेष्ठ महिनाको दोस्रो हप्ताबाट पहिलो यूनिटबाट विद्युत उत्पादन गरी त्यसको ३ महिना भित्र सबै ६ वटै वूनिटहरुबाट विद्युत उत्पादन गरि आयोजना निर्पाण सम्पन्न गर्ने लक्ष्यका साठ विभिन्न संरचनाहरुको परीक्षण भईरहेको छ ।

२०७२ सालको भुकम्प, लट-२ ठेकेदारले गरेको काममा ढिलासुस्ति, कोभिड-१९ महामारी लगावत विविध कारणहरुले गर्दा आयोजना सम्पन्न गर्ने समय बढ्न जाँदा मुख्य रुपपा निर्माण अवधीको व्याज, नेपाली मुद्राको सटही दरको अवमुल्यनले गर्दा हुने थप व्यायभार र अन्य निर्माण तथा प्रशासनिक खर्चहरुसमेत बदल गएकोले समग्र आयोजनाको लागतमा भएको वृद्धिको तुलनामा विद्युत विक्री आम्दानी नबढ्ने हुनाले कम्पनीको अपोँक्षत नाफा तथा नगद प्रवाहमा ठुलो असर पर्न गएको छ ।

कम्पनी व्यवस्थापनबाट शेयरको मूल्यमा असाधारण प्रभाव पर्ने किसिमको कुनै पनि प्रकारको गतिविधिहरु भएको छैन ।त् र, हाल आयोजना निर्माणको अन्तिम चरणमा रही यस आ.व.भित्र विद्युतको व्यापारिक उत्पादन शुरु हुने अवस्था भएकोले कम्पनीको हालको वित्तिय सूचकमा खासै कुनै उतारचढाव नभएता पनि लगार्नीकर्ता तथा शेयर बजारको गतिविधिका कारण कम्पनीको शेयर मूल्य निरन्तर उतारचढसव भएको देखिन्छ ।

 


upper tama अपर तामाकोशी हाइड्रोपावर साढे ३ करोड नोक्सानीमा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस