×
Lagani
Lagani Shiksha gif
साना किसान लघुवित्तको नाफा साढे ४६ करोड



साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ४६ करोड ५३ लाख ३५ हजार खुद नाफा गरेको छ ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको यो नाफा करीब ७ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४३ करोड ५० लाख ९४ हजार मात्र खुद नाफा गरेको थियो ।

Lagani Shiksha gif
sharehubapk साना किसान लघुवित्तको नाफा साढे ४६ करोड

संस्थाले यस वर्ष रू.  ४ करोड २२ लाख ३८ हजार  खराब कर्जा उठाएको छ भने रू. ६९ करोड ५७ लाख ८७ हजार सञ्चालन नाफा गरेको छ ।कम्पनीले गत बर्षभन्दा साढे १ प्रतिशत बढी रू. २० अर्ब ९ करोड ४३ लाख १२ हजार कर्जा सापटी लिएको छ भने ६ प्रतिशत बढी रू. २३ अर्ब ५० करोड ५८ लाख ५२ हजार कर्जा प्रवाह गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २५ करोड १५ लाख ३० हजार रहेको छ भने जगेडा कोष रकम रू. २१ अर्ब ८० करोड ९० हजार छ ।

1620171785 2 साना किसान लघुवित्तको नाफा साढे ४६ करोड

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस